काठमाडौँ । स्याङ्जाको वालिङ र भीरकोट नगरपालिकामा चट्याङ परेर ट्रान्सफर्मरमा क्षति हुँदा करिब ६५ घण्टासम्म विद्युत् सेवा अवरुद्ध भएको छ। यसले करिब १३ हजार घरधुरीसहित स्वास्थ्य संस्था, सञ्चार र अन्य अत्यावश्यक सेवामा असर पारेको थियो।
समस्या देखिएपछि ऊर्जा मन्त्रालय र सम्बन्धित निकायहरू तत्काल सक्रिय भएका थिए। बुटवल पावर कम्पनीको ट्रान्सफर्मर मर्मतमा समय लाग्ने भएपछि नेपाल विद्युत् प्राधिकरणले हेटौंडाबाट ३ एमभीए क्षमताको ट्रान्सफर्मर ल्याई जडान गरेको हो। स्थानीयवासी, प्राधिकरणका कर्मचारी तथा प्राविधिकहरूको सहकार्यमा आपतकालीन रूपमा विद्युत् सेवा पुनः सञ्चालनमा ल्याउन सफल भएको हो।