मोरङ । मोरङमा १७ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ परेका छन् । १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङको बेलबारीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । बेलबारी नगरपालिका–२ बस्ने १९ वर्षीय प्रिन्स खाँ थारूलाई आइतबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रिन्सले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरी परेपछि इलाका प्रहरी कार्यालय हरैँचाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।
पक्राउ परेका थारूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। जबरजस्ती करणी सम्बन्धी मुद्दामा प्रहरीले कानुनी प्रक्रिया अगाडि बढाउँदै आवश्यक प्रमाण र घटनाको विस्तृत विवरण सङ्कलन गरिरहेको प्रहरीले जनाएको छ।