काठमाडौँ। सगरमाथा आधार शिविर नजिकै एक शेर्पाको लडेर मृत्यु भएको छ। सेभेन समिटसँग आवद्ध गाइड लाक्पा डेन्डी शेर्पाको आइतबार घटनास्थलमै मृत्यु भएको हो।
सोलुखुम्बुको सोताङ गाउँपालिका–४ निवासी ५२ वर्षीय शेर्पा आधार शिविर क्षेत्र नजिक बाटोबाट लडेर ज्यान गुमाएको पुष्टि गरिएको छ। उनी लामो समयदेखि पर्वतारोहण क्षेत्रमा सक्रिय रहँदै आएका थिए र विभिन्न आरोहण अभियानमा संलग्न थिए। मृतकको शव हेलिकोप्टरमार्फत लुक्ला ल्याइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।