काठमडौँ । आज विश्व हाँसो दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ। यो दिवस हरेक वर्ष मे महिनाको पहिलो आइतबार मनाउने गरिन्छ। हाँसोमार्फत सकारात्मक ऊर्जा फैलाउने, आपसी मित्रता बढाउने र विश्व शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यले यो दिवस मनाउने परम्परा रहेको छ। मानिसको मानसिक तथा शारीरिक स्वास्थ्यमा हाँसोले सकारात्मक प्रभाव पार्ने विश्वास गरिन्छ। यही सन्देशसहित विश्वभर अहिले विभिन्न कार्यक्रम आयोजना गरी विश्व हाँसो दिवस मनाइँदै छ।