काठमाडौँ । रोल्पाको थवाङ गाउँपालिका–१ जलजलामा मेला जान लागेको बोलेरो जिप दुर्घटना हुँदा १५ जना गम्भीर घाइते भएका छन्। लु १ ज ४१६७ नम्बरको जिप सडकबाट करिब ८ सय मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा एक जना सामान्य घाइते भएका छन् भने अन्य घाइतेहरूको उद्धार तथा उपचारको काम जारी रहेको छ। प्रहरीका अनुसार दुर्घटनास्थलमा भारी वर्षा भइरहेका कारण उद्धार कार्यमा कठिनाइ भएको छ। भोलि जलजलामा लाग्ने मेलामा सहभागी हुन जाँदै गरेका यात्रुहरू सवार जिप दुर्घटनामा परेको रोल्पाका डीएसपी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिएका छन्।