काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि म्यानमारका राजदूत महामहिम थान्ट सिनबीच आज भेटवार्ता भएको छ। परराष्ट्र मन्त्रालयमा भएको भेटमा दुई देशबीचको व्यापार, आर्थिक सहयोग, सांस्कृतिक सम्बन्ध तथा जनता–जनता बीचको आदानप्रदानलगायत पारस्परिक हितका विविध विषयमा छलफल भएको जनाइएको छ।