काठमाडौँ । प्रहरीले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई ८ बर्षपछि पक्राउ गरेको छ । प्रहरीले झापा हल्दिवारी गाउँपालिका–२ घर भएका ३० वर्षीय विशाल कुमार तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको हो । तामाङ, २०७३ साल भदौ ७ गते १८ वर्षीय सागर पाण्डेको खुकुरी प्रहार गरी हत्या भएको घटनामा संलग्न रही फरार रहँदै आएका थिए।
काठमाडौँ महानगरपालिका–१ नक्साल घर भई कागेश्वरी मनोहरा नगरपालिका–९ अर्यालगाउँ बस्ने पाण्डेको हत्यापछि फरार भएका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–१३ बल्खुबाट नियन्त्रणमा लिएको हो।
पक्राउ परेका तामाङलाई थप आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि प्रहरी वृत्त बौद्ध पठाइएको छ।