काठमाडौँ। अविरल वर्षाका कारण हिजो साँझदेखि अवरुद्ध भएको बिपी राजमार्ग पुनः सञ्चालनमा आएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार मर्मत कार्य सम्पन्न भएपछि सडक सञ्चालनमा ल्याइएको हो।
लगातारको वर्षाका कारण सडक अवरुद्ध हुँदा यातायात सेवा प्रभावित भएको थियो। तर मर्मतपछि अहिले आवागमन सहज भएको प्रहरीले जनाएको छ।यद्यपि मौसम पूर्वानुमानअनुसार अझै वर्षा हुन सक्ने सम्भावना रहेकाले यात्राका क्रममा विशेष सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै यात्रुहरूलाई सतर्क रहन अनुरोध गरिएको छ। आपतकालीन अवस्था वा सडक अवस्थाबारे जानकारी लिन १०० र १०३ नम्बरमा सम्पर्क गर्न समेत प्रहरीले आग्रह गरेको छ।