काठमाडौं । १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आजदेखि पुरुष क्रिकेट, बक्सिङ र जिम्न्यास्टिकका खेल सुरु हुँदैछन् ।
प्रतियोगिताको औपचारिक उद्घाटन मंसिर १६ गते हुने भए पनि विभिन्न खेलका प्रतिस्पर्धा भने मंसिर ८ गतेदेखि सञ्चालन भइरहेका छन् ।महिला क्रिकेट सुरु भइसकेको राष्ट्रिय खेलकुदमा पुरुष क्रिकेटका खेल आजदेखि कालुञ्चौक क्रिकेट मैदानमा हुनेछन् । आजको खेलमा सुदूरपश्चिम र कर्णाली तथा गण्डकी र नेपाल आर्मी क्लब आमनेसामने हुने कार्यक्रम छ ।
त्यस्तै, सुर्खेतको मुख्य कभर्डहलमा बक्सिङ प्रतियोगिता सञ्चालन हुनेछ । आज बक्सिङतर्फ ३४ बाउट हुने तालिका रहेको छ । जिम्न्यास्टिकका प्रतिस्पर्धा पनि आजैदेखि सुरु हुनेछन् ।नेपालगन्जमा मंसिर ८ गतेदेखि सञ्चालन भएको पौडी प्रतियोगितामा हालसम्म २२ स्वर्ण पदकको छिनोफानो भइसकेको छ । आज पौडीमा थप १२ स्वर्णका लागि प्रतिस्पर्धा हुँदैछ ।आज राष्ट्रिय खेलकुदअन्तर्गत महिला तथा पुरुष क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस र पौडीका खेलहरू सञ्चालन हुनेछन् ।