काठमाडौँ । सर्लाहीमा टाउको र शरीर छुट्टिएको अवस्थामा मानव कङ्काल फेला परेको छ।
जिल्लाको बागमती नगरपालिका–१२ क्षेत्रमा मंगलबार दिउँसो उक्त कङ्काल फेला परेको प्रहरीले जनाएको छ। घाँस काट्न गएका स्थानीयवासीले भरत ताल नजिक कङ्काल देखेपछि तुरुन्तै प्रहरीलाई जानकारी दिएका थिए। सूचना पाएपछि इलाका प्रहरी कार्यालय हरिवन र इलाका प्रहरी कार्यालय कर्मैयाबाट संयुक्त प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।