काठमाडौँ। सुत्केरी व्यथाले समस्या परेकी एक गर्भवती महिलाको नेपाल सेनाले उद्धार गरेको छ । नेपाल सेना अन्तर्गत ढोरपाटन शिकार आरक्ष सुरक्षार्थ तैनाथ दुर्गाभञ्जन गुल्म बाट खटिएको टोलीले उक्त उद्धार कार्य गरेको हो ।
उद्धार गरिएकी महिला ढोरपाटन नगरपालिका–८ देवीथान निवासी हुन् । उनलाई सुत्केरी व्यथाका कारण समस्या भएपछि सेनाको टोलीले तत्काल उद्धार गरी नजिकैको स्वास्थ्य संस्थामा पुर्याएको हो । सेनाले महिलालाई सुरक्षित रूपमा ढोरपाटन सामुदायिक स्वास्थ्य चौकी मा पुर्याएको जनाएको छ । समयमै उद्धार हुँदा आमा र शिशुको जीवन जोगिन सहयोग पुगेको स्थानीयले बताएका छन् ।