काठमाडौँ । सिरहा मा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ भने उनका श्रीमान घाइते भएका छन् । घटना मिर्चैया नगरपालिका–९ भगवानपुर टोल मा मंगलबार राति करिब १०ः३० बजे भएको हो ।
प्रहरीका अनुसार ३० वर्षीया रंजिता देवी सदा को घटनास्थलमै मृत्यु भएको हो । चट्याङको असरका कारण शरीरमा बाह्य चोटपटक नदेखिए पनि ज्यान गएको प्रारम्भिक अनुमान गरिएको छ । घटनामा उनका श्रीमान् ३५ वर्षीय मिथिलेश सदा घाइते भएका छन् । उनलाई तत्काल नजिकैको स्वास्थ्य संस्थामा उपचारका लागि लगिएको र अवस्था मध्यम रहेको बताइएको छ । घटनाबारे स्थानीयवासी र आफन्तलाई जानकारी गराइएको प्रहरीले जनाएको छ । साथै चट्याङका घटनाहरू बढ्दै गएकाले सावधानी अपनाउन समेत आग्रह गरिएको छ ।