काठमाडौँ। दुर्गा भगवती गाउँपालिका मा पोखरीमा डुबेर पाँच वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गाउँपालिका–१ पिपराटोल निवासी कृष साह कलवार रहेका छन् । उनी गौरीशङ्कर साह कलवार का छोरा हुन् ।
प्रहरीका अनुसार सोमबार साँझ करिब ६ बजे घरबाट करिब एक किलोमिटर टाढा ब्रह्मस्थान नजिक रहेको पोखरीमा नुहाउने क्रममा बालक बेपत्ता भएका थिए । सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गंगापिपरा बाट प्रहरी नायब निरीक्षकको नेतृत्वमा टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले खोजतलास गर्ने क्रममा बालकलाई फेला पारी तत्काल उपचारका लागि बागमती सेन्ट्रल अस्पताल पुर्याएको थियो । अस्पतालका चिकित्सकले साँझ ७ बजे उनलाई मृत घोषणा गरेका थिए । मृतक बालकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर मा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।