काठमाडौँ। बीपी राजमार्गमा अलपत्र परेका यात्रुहरूलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट खटिएको प्रहरी टोलीले राहत सहयोग उपलब्ध गराएको छ।
राजमार्ग अवरुद्ध हुँदा बीच बाटोमै रोकिएका यात्रुहरूलाई भकुण्डे बेसीका स्थानीय नागरिकहरूसँग समन्वय गरी फलफूल, पानी तथा अन्य खाद्य सामग्री वितरण गरिएको प्रहरीले जनाएको छ। यात्रुहरूलाई समस्या नहोस् भन्ने उद्देश्यले प्रहरीले स्थानीयसँग सहकार्य गर्दै आवश्यक सहयोग पुर्याएको हो। अप्रत्याशित अवस्थाका बीच गरिएको यस सहयोगले यात्रुहरूलाई केही राहत पुगेको बताइएको छ।