पाल्पा । पाल्पामा एक १८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना ६५ वर्षीय वृद्ध पक्राउ परेका छन्।
रैनादेवी छहरा गाउँपालिका–४ किउरिखर्कका ६५ वर्षीय धनबहादुर घर्ती मगरलाई सो अभियोगमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरी टोलीले शनिबार पक्राउ गरेको हो।
पीडित महिलालाई जबरजस्ती करणी गरेको भनी परेको उजुरीका आधारमा प्रहरीले घर्ती मगरलाई पक्राउ गरेको हो। घटनाबारे जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो।
हाल पक्राउ परेका घर्ती मगरमाथि आवश्यक अनुसन्धान भइरहेको र थप कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।