काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा रास्वपाकी डा. ओजस्वी शेरचन निर्वाचित भएकी छन्।
आज सम्पन्न निर्वाचनमा एमालेका उम्मेदवार गुरु बराललाइ पराजित गर्दै शेरचन निर्वाचित भएकी हुन्। बराललाई कांग्रेस र नेकपाको समर्थन रहे पनि आवश्यक मत नजुटेपछि उनी पराजित हुन पुगे।बैठक ज्येष्ठ सदस्य महावीर पुनको अध्यक्षतामा बसेको थियो।