काठमाडौँ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक प्रेस नेपालगञ्जले नयाँ शैक्षिक सत्र सुरु हुनुअगावै कर्णाली प्रदेशमा पाठ्यपुस्तकको बिक्री वितरण पूरा गरेको छ।
प्रादेशिक प्रेस नेपालगञ्जका प्रमुख रुद्र खनालका अनुसार, नयाँ शैक्षिक सत्र २०८३ का लागि चैत २४ गतेसम्म चार लाख ६२ हजार २४६ थान पाठ्यपुस्तक बिक्री वितरण गरिएको छ। नेपालगञ्ज कार्यालयमार्फत पाठ्यपुस्तक कर्णालीका हुम्ला, डोल्पा, रुकुम पश्चिम, जाजरकोट र सल्यान गरी पाँच जिल्ला र लुम्बिनी प्रदेशका रुकुम पूर्व, रोल्पा, दाङ, बर्दिया र बाँके गरी पाँच जिल्ला, कुल १० जिल्लामा वितरण गरिएको छ।