काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएकै दिनबाट उत्तरपुस्तिका परीक्षण सुरु भएको छ । २९ गतेसम्म सञ्चालन हुने एसईईको उत्तरपुस्तिका परीक्षण सुरु गरिएको परीक्षा नियन्त्रक टुकराज अधिकारीले बताए ।
बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा सञ्चालन भएको थियो । पहिलो दिन अंग्रेजी विषयको परीक्षा भएको हो । शान्तिपूर्णरुपमा परीक्षा सकिएपछि उत्तरपुस्तिका परीक्षण सुरु भएको हो । एक मिहनाभित्र नतिजा सार्वजनिक गर्ने सरकारको तयारी छ । यो वर्ष पाँच लाख १२ हजार ४२१ जना विद्यार्थीले एसर्ईईका लागि फारम भरेका छन् ।