काठमाडाैँ । न्यूजील्याण्डको अध्यागमनले अन्तर्राष्ट्रिय शिक्षा सम्बन्धी नयाँ अपडेट सार्वजनिक गरेको छ। यस अपडेटले नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै भिसा प्रक्रिया र आर्थिक व्यवस्थापनमा परिवर्तन ल्याएको छ।
सन् २०२६ का लागि अध्ययन भिसा आवेदन दिएका केही विद्यार्थीहरूले समयमै निर्णय नपाएको जनाइएको छ। सम्बन्धित निकायका अनुसार यदि विद्यार्थीले २०२६ भित्रै पढाइ सुरु गर्न सक्छन् भने आवश्यक कागजात पूरा गरेपछि भिसा स्वीकृत हुन सक्नेछ। तर २०२७ सम्म मात्र अध्ययन सम्भव हुने अवस्थामा भने पुरानो आवेदन फिर्ता लिएर नयाँ आवेदन दिन सुझाव दिइएको छ।
यसैबीच, नेपालका विद्यार्थीका लागि एफटीएस पनि लागू गरिएको छ। यो योजना एएनजेड बैँक मार्फत सञ्चालन हुनेछ। यसले विद्यार्थीलाई न्युजिल्याण्डमा बसाइँका लागि आवश्यक खर्च सुरक्षित रूपमा पठाउन सहयोग गर्नेछ।
नयाँ व्यवस्थाले भिसा आवेदनमा आर्थिक कागजातको झन्झट कम गर्ने, प्रक्रिया छिटो बनाउने र विद्यार्थीको आर्थिक क्षमता प्रमाणित गर्न सहज हुने अपेक्षा गरिएको छ।
