काठमाडौं । नवनियुक्त शिक्षामन्त्री सस्मित पोखरेलले काठमाडौं महानगरपालिकाभित्र शिक्षाका सुधार गरेजस्तै देशभर शैक्षिक सुधार गर्ने उनले बताएका छन् ।सिंहदरबारमा पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । यस्तै उनले पार्टीको वाचापत्र अनुसार शिक्षा क्षेत्रमा सुधारका कार्यक्रम अघि बढाइने बताएका छन् ।
बालेन्द्र साह काठमाडौं महानगरपालिकामा मेयर रहँदा पोखरेल शिक्षा सल्लाहकार थिए । बालेन्द्र साह प्रधानमन्त्री बनेसँगै उनले शिक्षा मन्त्रालयको जिम्मेवारी पाएका छन् ।