काठमाडौँ । उच्च शिक्षा अध्ययनका लागि विदेश जान इच्छुक विद्यार्थीका लागि ‘बहुगन्तव्य शैक्षिक मेला’ काठमाडौँमा आयोजना हुँदैछ। गोरेटो एजुकेसन कन्सल्टेन्सीको आयोजनामा, मेला बागबजारस्थित सल्यान हाउसमा भोली शुक्रबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ।
मेलामा अस्ट्रेलिया, क्यानडा, बेलायत र अमेरिकाका १५ भन्दा बढी अन्तर्राष्ट्रिय कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरू प्रत्यक्ष सहभागी हुनेछन्। विद्यार्थीहरूले अध्ययन योजना, पाठ्यक्रम, छात्रवृत्ति सुविधा, भर्ना प्रक्रिया र भिसा मार्गनिर्देशनबारे प्रत्यक्ष परामर्श लिन सक्नेछन्। बजार व्यवस्थापक प्रकाश रेग्मीका अनुसार, एउटै स्थानमा विभिन्न देशका शैक्षिक विकल्पको तुलना गर्न पाउने भएकाले यो मेला विद्यार्थी र अभिभावकका लागि फलदायी हुने विश्वास व्यक्त गरिएको छ।