काठमाडौं । अष्ट्रेलियामा किङ्ग्स ओन इन्स्टिच्युट केओआईलाई ठूलो सफलता मिलेको छ ।
अस्ट्रेलियाको उच्च शिक्षा नियामक निकाय टेक्साले विगत १५ वर्षदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको केओआईलाई स्व–प्रत्यायन अधिकार प्रदान गरेको हो ।
यो मान्यतासँगै केओआई अब अस्ट्रेलियाका ती चुनिएका निजी उच्च शिक्षा प्रदायकहरूको सूचीमा परेको छ, जसले आफ्ना पाठ्यक्रमहरू आफैं प्रमाणित र लागू गर्ने अधिकार राख्नेछ ।
यो उपलब्धिले संस्थाको शैक्षिक गुणस्तर र व्यवस्थापकीय क्षमतामा नियामक निकायको पूर्ण विश्वास रहेको पुष्टि गरेको छ। केओआईलाई ले मुख्यतया दुईवटा महत्वपूर्ण शैक्षिक क्षेत्रहरूमा यो अधिकार प्राप्त गरेको छ ।
जसमा अस्ट्रेलियन क्वालिफिकेसन फ्रेमवर्क डिप्लोमा देखि स्नातक तह सम्मसूचना प्रविधि प्रदान गरेको हो भने त्यस्तै व्यवस्थापन र वाणिज्य तर्फ तह ५ देखि ९ पोस्ट ग्रेजुएट डिप्लोमा देखि मास्टर तह सम्म प्रदान गरेको हो ।
यस विशेष अवसरमा केओनआईले आफ्ना शैक्षिक नेतृत्व, प्रशासनिक कर्मचारी, विद्यार्थी, पूर्व विद्यार्थी र साझेदारहरूप्रति आभार प्रकट गरेको छ। सबै सरोकारवालाहरूको सामूहिक प्रयासले नै संस्थालाई आज यो उचाइमा पु¥याउन सफल भएको बताएको छ ।