काठमाडौँ । भोलि(बिहीबार) हुन लागेको प्रतिनिधि सभा निर्वाचनको सन्दर्भमा सामाजिक सञ्जाल तथा अन्य माध्यमहरूबाट सम्प्रेषण भइरहेका भ्रामक र अतिरञ्जित सूचनाप्रति सेनाले ध्यानाकर्षण भएको जनाएको छ ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले त्यस्ता सूचनालाई विश्वास नगर्न आम जनसमुदायलाई अपिल गरेको छ । जङ्गी अड्डाले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै नियोजित रूपमा फैलाइएका यस्ता गलत सूचनाहरूमा विश्वास नगर्न आग्रह गरेको हो ।
सेनाले अन्य सुरक्षा निकायसँगको समन्वयमा संविधानले दिएको जिम्मेवारी अनुसार निर्वाचन सुरक्षाको काम गरिरहेको जनाएको छ।
केही दिन अघि मतदान पुरा भएपछि सेनाले मतपेटिका ढुवानी गर्ने भन्नेबारे सञ्चार माध्यममा समाचार प्रकाशन भएको थियो ।
