काठमाडौं । ब्रिटिस एजुकेसन ग्रुपअन्तर्गत सञ्चालित तथा द ब्रिटिस कलेजको भगिनी संस्था ब्रिटिस मोडल कलेज (बिएमसी) ले महत्वपूर्ण उपलब्धि हासिल गरेको छ।
ब्रिटिस मोडल कलेज (बिएमसी) का विद्यार्थीहरूले ‘उत्कृष्ट क्याम्ब्रिज शिक्षार्थी अवार्डस् २०२५’ मा तीनवटा राष्ट्रिय पदक हात पार्दै कलेजको साखलाई थप उचाइमा पुर्याएका छन्।
ब्रिटिस काउन्सिल सर्भिस नेपालद्वारा फागुन ५ गते (१७ फेब्रुअरी २०२६) सोल्टी होटलमा आयोजित समारोहमा ती उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गरिएको हो।
क्याम्ब्रिज एसेसमेन्ट इन्टरनेसनल एजुकेसन (सिएआइई) द्वारा नोभेम्बर २०२४ को परीक्षा शृङ्खलामा उत्कृष्ट नतिजा ल्याउने नेपाली विद्यार्थीहरूमध्ये खुस्बु निङ्लेकु (एज लेभल वायोलोजी)– नेपाल टपर (नेपाल प्रथम): खुस्बुले वायोलोजी विषयमा नेपालभरिमै सबैभन्दा उच्च अंक प्राप्त गरी स्वर्ण पदक सरहको सम्मान प्राप्त गरेकी छिन्।
प्रतिक्षा घिमिरे (एज लेभल इकोनोमिक्स)– नेपाल टपर (नेपाल प्रथम): इकोनोमिक्स विषयमा उत्कृष्ट दख्खल राख्दै प्रतिक्षाले नेपाल प्रथमको उपाधि जितेकी छिन्।
जेन्सा श्रेष्ठ (एज लेभल सोसियोलोजी)– उच्च उपलब्धि: सोसियोलोजी विषयमा जेन्साले आफ्नो असाधारण क्षमता प्रदर्शन गर्दै उच्च उपलब्धि अवार्ड प्राप्त गरेकी छिन्।