काठमाडौँ । राष्ट्रियस्तरीय अवाकस च्याम्पियनसिपको उपाधि शब्दाश नेपालले जितेका छन्। एलरोज एजुकेसनले शनिबार आयोजना गरेको प्रतियोगितामा देशभरका ८० भन्दा बढी विद्यालयबाट करिब १५० विद्यार्थी सहभागी भएका थिए।

विद्यालयस्तरमा उत्कृष्ट प्रदर्शन गरेका विद्यार्थीहरू राष्ट्रिय प्रतिस्पर्धाका लागि छनोट भएका हुन्।

तहगत प्रतिस्पर्धाअन्तर्गत फाउन्डेसन लेभलमा स्मारिका घिमिरे, लेभल १ मा रुमिना भण्डारी, लेभल २ मा सौगात श्रेष्ठ, लेभल ३ मा प्रिस्टन तामाङ, लेभल ४ मा सान्वी खकुरेल, लेभल ५ मा नेहारिका घिमिरे, लेभल ६ मा इप्सा लामिछाने, लेभल ७ मा श्रीग्या बज्राचार्य र लेभल ८ मा सब्रिना वैद्य विजयी भए।
विजेताहरूले ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् ।एलरोज एजुकेसनकी निर्देशक लिरा पोखरेलले, 'अवाकस शिक्षाले बालबालिकामा मानसिक गणना क्षमता बढाउने, एकाग्रता, तार्किक सोच, विश्लेषण क्षमता र आत्मविश्वास विकास गर्ने बताइन्।' उनका अनुसार प्रतियोगिता सीपमूलक, व्यवहारिक र बालकेन्द्रित शिक्षण पद्धति प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि प्याब्सनका केन्द्रीय उपाध्यक्ष किशोर गौतमले, 'यस्ता प्रतियोगिताले विद्यार्थीको मनोबल उच्च बनाउने र समग्र शैक्षिक विकासमा सकारात्मक प्रभाव पार्ने बताए।'
काठमाडौँको बुढानीलकण्ठ–१२, कापनमा रहेको एलरोज एजुकेसन प्रा.लि प्रमाणित अवाकस तथा मानसिक गणित तालिम प्रदान गर्ने संस्था हो । संस्था विश्व अवाकस तथा मानसिक गणित संघ (डब्लुएएएमए) को काउन्सिल सदस्यसमेत रहेको छ।
