काठमाडौँ । नेपाली क्रिकेटका चर्चित युवा खेलाडी शेर मल्ल गौतम एजुकेसन एण्ड भिसा सर्भिसेसको ब्रान्ड एम्बेसडर नियुक्त भएका छन्। शिक्षा र वैदेशिक अध्ययनका क्षेत्रमा अग्रणी पहिचान बनाउँदै आएको संस्थाले शेर मल्ललाई आफ्नो आधिकारिक ब्रान्ड एम्बेसडरको रूपमा सार्वजनिक गरेको हो ।
खेलकुदमार्फत अनुशासन, मेहनत र लक्ष्यप्रतिको प्रतिबद्धता प्रदर्शन गर्दै आएका शेर मल्लको व्यक्तित्वले युवा पुस्तालाई सकारात्मक सन्देश दिने विश्वासका साथ यो सहकार्य अघि बढाइएको कम्पनीले जनाएको छ । ब्रान्ड एम्बेसडरको भूमिकामा शेर मल्लले गौतम एजुकेसनसँग मिलेर अन्तर्राष्ट्रिय शिक्षा, अवसर र उज्ज्वल भविष्यतर्फ केन्द्रित अभियानलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
गौतम एजुकेसन एण्ड भिसा सर्भिसेसको यो सहकार्यले नेपाली युवाहरूलाई विश्वस्तरीय शिक्षा तथा अन्तर्राष्ट्रिय करियरका अवसरतर्फ प्रेरित गर्ने शेर मल्लले विश्वास व्यक्त गरेका छन् । संस्थाले शिक्षा केवल डिग्री मात्र नभई भविष्य निर्माणको आधार भएको मान्यतासहित सेवा प्रदान गर्दै आएको जनाएको छ।
विदेश अध्ययनका लागी इच्छुक नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै गौतम एजुकेसन एण्ड भिसा सर्भिसेसले स्तरीय भाषा कक्षा, व्यक्तिगत परामर्श र विश्वसनीय भिसा सेवा प्रदान गर्दै आएको छ। हाल संस्थाले अस्ट्रेलिया, क्यानडा, अमेरिका, जापान लगायत विभिन्न देशमा अध्ययन गर्न जाने विद्यार्थीहरूलाई सफल मार्गदर्शन गर्दै आएको छ। खेलकुद र शिक्षालाई एउटै साझा लक्ष्य युवाको भविष्य निर्माण सँग जोड्दै अघि बढेको यो सहकार्यले शैक्षिक परामर्श क्षेत्रमा नयाँ उचाई स्थापित गर्ने विश्वास लिइएको छ।