हामी सबै स्वस्थ देखिने र महसुस हुने कपाल चाहन्छौँ, चाहे त्यो चम्किलो देखिने र फरफराउने होस् वा घुम्रिएको होस् वा नरम र मुलायम होस्। यूकेमा ५.८ अर्ब पाउन्डको उद्योगमा कपालसम्बन्धी अनन्त उत्पादनहरू, प्रवृत्तिहरू र टिकटक ह्याकहरू जताततै देखिन्छन्।सत्य के हो भने स्वस्थ कपाल हुनु भनेको जटिल दिनचर्या हुनु वा भाग्यले पाउनु होइन। यो त साधारण सामानहरूलाई सही तरिकाले प्रयोग गर्नु हो।
१- चिसो पानीले कपाल चम्काउँदैनकपाल चम्किलो बनाउन भन्दै बरफ भएको पानीले नुहाएर काँप्नुभएको छ ?
यदि त्यस्तो गर्नुभएको छ भने तपाईँले त्यसो गर्न छोड्न सक्नुहुन्छ र आफूलाई सहज हुने तापक्रमको पानीले नुहाउन सक्नुहुन्छ। प्राउडम्यानका अनुसार चिसो पानीले नुहाएर कपालमा चमक आउँदैन।
२- बिग्रिएको कपाल कुनै पनि उत्पादनले ठिक गर्न सक्दैनहाँगा फाटेको कपाललाई नकाटी त्यसलाई ठिक गर्छु भनेर लाग्नुभयो भने त्यसले काम गर्दैन किनभने त्यसको एउटै उपाय भनेकै कपाल काट्नु हो।
कपालको हाँगा फाट्नु भनेको तपाईँले लगाउने तन्किने कपडामा धागो तानिएर बनेको लामो धर्सोजस्तै हो, जुन बनाएर बन्न सक्दैन।
३- कपाल आफैँ सफा हुँदैन
तपाईँले सायद कसैलाई भेट्नुभएको छ होला जसले बारम्बार कपाल धुँदैनन् वा धुँदै धुँदैनन् र आफैँ सफा हुने बनाउँछन्। तर प्राउडम्यानका अनुसार यसो गर्दा तपाईँको कपाल वास्तवमै राम्रो हुँदैन। लुगा पानीबाट मात्रै सफा हुँदैन र डिटर्जेन्ट चाहिन्छ भन्नेमा वाकर सहमत छिन्।
४- कपाल धुनुको सट्टा सुक्खा श्याम्पू प्रयोग गरेर हुँदैन
कपाल पूरै धोएर राम्ररी स्टाइल दिने गरी सुक्खा बनाउनु (ब्लो ड्राई गर्नु) सधैँ व्यावहारिक नहुन सक्छ। त्यसैले काम, व्यायाम र सामाजिक योजनाहरू गर्दा हामीमध्ये धेरैले तत्कालका लागि सुक्खा (ड्राई) श्याम्पू प्रयोग गर्न सक्छौँ। प्राउडम्यान यस्तो श्याम्पू प्रयोग गर्न ठिक हुने तर त्यो एक पटकको प्रयोगका लागि मात्रै हुने र बारम्बार त्यही प्रयोग गर्न नहुने बताउँछिन्।