काठमाडौँ । गर्मी मौसम सुरु भएसँगै बजारमा खर्बुजा प्रशस्त देखिन थालेको छ । रसिलो र स्वादिलो फल भएकाले धेरैले गर्मीमा तिर्खा मेटाउन खर्बुजा खाने गर्छन् । खर्बुजामा पानीको मात्रा धेरै हुने भएकाले यसले शरीरलाई ताजगी दिनुका साथै भिटामिन, खनिज पदार्थ र एन्टिअक्सिडेन्ट पनि प्रदान गर्छ ।
खर्बुजा सेवनबाट हुने केही मुख्य फाइदाहरू यस्ता छन्:
१. दमको जोखिम कम गर्न मद्दत: खर्बुजामा पाइने भिटामिन ‘सी’ ले श्वासप्रश्वाससम्बन्धी समस्या कम गर्न सहयोग पुर्याउने विश्वास गरिन्छ ।
२. रक्तचाप नियन्त्रणमा सहयोगी: अध्ययनहरूका अनुसार नियमित रूपमा खर्बुजा सेवन गर्दा उच्च रक्तचाप र मुटुसम्बन्धी समस्याको जोखिम घट्न सक्छ ।
३. क्यान्सरबाट जोगाउन सहयोग: यसमा पाइने एन्टिअक्सिडेन्ट र भिटामिन ‘सी’ ले शरीरमा हानिकारक फ्री रेडिकल बन्न नदिई क्यान्सरको जोखिम कम गर्न मद्दत गर्छ । साथै लाइकोपिन तत्वले प्रोस्टेट क्यान्सरबाट बचाउन सहयोग पुर्याउने बताइन्छ ।
४. पाचन प्रणाली स्वस्थ राख्छ: पानी र फाइबर प्रशस्त हुने भएकाले खर्बुजाले पाचन प्रक्रियालाई सहज बनाउँछ र कब्जियत कम गर्न मद्दत गर्छ ।
५. शरीरमा पानीको मात्रा सन्तुलित राख्छ: खर्बुजामा करिब ९२ प्रतिशत पानी हुन्छ । गर्मीमा पसिनासँगै शरीरबाट गुमेको पानी पूर्ति गर्न यसले सहयोग पुर्याउँछ ।
६. छालाको स्वास्थ्यका लागि लाभदायी: भिटामिन ‘ए’ युक्त खर्बुजाले छाला, कपाल र शरीरका तन्तुहरूलाई स्वस्थ राख्न मद्दत गर्छ ।
७. शरीरलाई ऊर्जा र आराम दिन सहयोग: खर्बुजामा पाइने कोलिन तत्वले मांसपेशी सञ्चालन, राम्रो निद्रा, स्मरणशक्ति तथा शरीरको थकान कम गर्न सहयोग पुर्याउँछ ।