काठमाडौँ । बुधबार राति एक अत्यधिक घना बसोबास भएको सब्सिडी आवास क्षेत्रमा लागेको भीषण आगलागीमा कम्तीमा १२८ जनाको मृत्यु भएपछि हङकङमा त्राससहित रोष पनि बढ्दै गएको छ। आगोमा दर्जनौं घाइते छन्, जसमा धेरैको अवस्था गम्भीर छ र केही अझै बेपत्ता छन्। अधिकारीहरूले भवनका झ्यालमा प्रयोग गरिएको निम्नस्तरको जाली र प्लास्टिकका पत्राले आगो छिट्टै फैलिएको प्रारम्भिक अनुमान गरेका छन्। आगो नियन्त्रणमा आउन २४ घण्टाभन्दा बढी लागेको थियो।
वाङ फुक कोर्टमा भएको आगलागी कसरी यति तीव्र रूपमा फैलियो भन्ने प्रश्न उठिरहेका छन्। तीन जना व्यक्ति–भवन मर्मत तथा नविनीकरण कार्यको जिम्मेवार–लाई म्यानस्लटर हत्यासमान लापरवाही आरोपमा पक्राउ गरिएको छ। भ्रष्टाचारसम्बन्धी छानबिन पनि सुरु गरिएको छ। सोसल मिडियामा भाइरल भएको एक पोस्टमा लेखिएको छ, यो दुर्घटना होइन। कयौँ बसोबासीले आगलागी हुँदा फायर अलार्म नै नबजेको बताएका छन्।
निर्माण कम्पनीले कम गुणस्तरका, सजिलै डढ्ने सामग्री प्रयोग गरेको दाबी गरेकी छन्। त्यहाँका बासिन्दाले बारम्बार कामदारहरू धूमपान गर्ने, सिगरेटका बट्टाहरू झ्यालबेरोमा भेटिने घटनाबारे चिन्ता व्यक्त गर्दै आएका थिए। ६३ वर्ष यताकै सबैभन्दा घातक आगलागी हो । यो आगलागी १९६२ मा श्याम सुई पो क्षेत्रमा भएको आगोपछि हङकङमा भएको सबैभन्दा घातक घटना मानिएको छ। त्यसपछिको त्यो आगोमा ४४ जनाको मृत्यु भएको थियो। १९८० को दशकमा बनेको वाङ फुक कोर्टमा आठवटा ३१–तले भवन छन्, जसमध्ये सातवटामा आगो फैलिएको थियो। करिब ४,६०० बसोबासीमध्ये ४०% वृद्धजन रहेको तथ्याङ्क छ।
दमकल विभागका अनुसार उच्च तापक्रम, भीडभाडको इन्टेरियर, र स्क्याफोल्डिङ ढल्ने जोखिमका कारण उद्धार कार्य अत्यन्त चुनौतीपूर्ण भएको थियो बाँसको स्क्याफोल्डिङले आगो झनै बढायो भन्ने आशंका छ । हङकङका धेरै निर्माण परियोजनामा लामो समयदेखि बाँसको स्क्याफोल्डिङ प्रयोग हुँदै आएको छ। तर यो सजिलै डढ्ने भएकाले यसै वर्षदेखि यसको क्रमशः विस्थापन गरी स्टील स्क्याफोल्डिङ ल्याउने योजना अघि सारिएको छ।
यसैबीच, नविनीकरण योजनाबारे पहिलेदेखि नै बासिन्दाले व्यक्त गरेको अनिश्चितता र असन्तुष्टि फेरि सतहमा आएको छ। केहीले योजनालाई सुरुदेखिनै शंकास्पद भनेका छन्। प्रहरीले अहिले भवनमा प्रयोग भएका जाली, प्लास्टिक तथा क्यानभासका सामग्री आगोसुरक्षा मापदण्डअनुसार थिए कि थिएनन् भन्नेबारे जाँच गरिरहेको छ।
एक बासिन्दाले वृद्ध नागरिकलाई सानासाना लोभ देखाएर नविनीकरण योजनामा सहमति जनाउन बाध्य बनाइएको आरोप लगाएका छन्।छानबिनमा संलग्न एक व्यक्तिले निर्माण कम्पनीहरूले “लागत बचतका लागि सुरक्षा जोखिमसमेत बेवास्ता गर्ने” प्रवृत्ति रहेको बताए। गत महिनामात्रै सेण्ट्रल जिल्लामा बाँसको स्क्याफोल्डिङमा आगो सल्केर एउटा भवन जलेको घटना पनि स्मरण गराएका छन्। हङकङ सरकारले हाल सबै ठूलो मर्मतकार्य भइरहेका आवास क्षेत्रमा स्क्याफोल्डिङ र निर्माण सामग्रीको सुरक्षा जाँच गर्न आदेश दिएको छ।