काठमाडौं । आईएसएमटी कलेजको आयोजनामा ‘आईएसएमटी जब फेयर २०२५’ सफलतापूर्वक सम्पन्न भएको छ । तीनकुनेको गैरीगाउँस्थित कलेज परिसरमा मंगलबार जब फेयरमा नेपालका प्रतिष्ठित २२ कम्पनीले स्टल राखेका थिए ।
सो अवसरमा आफ्नो अध्ययन सम्पन्न गरेका २५० विद्यार्थी अन्तर्वार्तामा सहभागी भएका थिए । विद्यार्थीहरुलाई डिग्री मात्र उपलब्ध गराउने नभई दक्ष, सबल र सक्षम बनाउने उद्देश्यका साथ सञ्चालित यस आईएसएमटी कलेजले वर्षमा कम्तीमा दुई पटक यस किसिमको जब फेयर आयोजना गर्दै आएको छ । कलेजले यस किसिमका पहलले अध्ययन सकेका विद्यार्थीहरूलाई आफ्नो क्यारियर को सुरुवात गर्न सहज हुने विश्वास लिएको छ ।