काठमाडौँ । दिनदिनैको व्यस्तताले मानिसलाई आफ्नै शरीरप्रति ध्यान नदिने भएकाले यो समयमा स्वास्थ्य विशेषज्ञहरूले निरन्तर सचेत गराइरहेका छन् । जीवनशैली सुधार नगरे अधिकांश समस्या औषधिले मात्र समाधान हुँदैन । हालैका अध्ययन तथा स्वास्थ्यविद्य हरुका अनुसार सामान्य लाग्ने बानी–व्यवहार नै दीर्घकालीन स्वास्थ्यका लागि निर्णायक बन्न पुगेको छ ।
स्वास्थ्यका पाँच प्रमुख क्षेत्रलाई समेटेका छौँ यसले तपाँईको स्वास्थ्यमा दिर्घकालिन सुधार ल्याउछ ।
१. निद्राको कमी: मौन तर बढ्दो संकट:
विशेषज्ञहरूका अनुसार पर्याप्त निद्रा नलिनु अहिलेको पुस्तामा देखिएको सबैभन्दा सामान्य तर खतरनाक प्रवृत्रि हो । ७–८ घण्टाको गुणस्तरीय निद्रा नपुग्दा शरीरको रोगप्रतिरोधात्मक क्षमता कमजोर हुँदै जान्छ । तनाव, उच्च रक्तचाप, मोटोपना लगायतका समस्या निद्राकै कमीबाट सुरु हुने चिकित्सकहरूको भनाइ छ । निद्रा शरीरको प्राकृतिक उपचार हो । यसलाई हल्का रूपमा लिनाले भविष्यमा ठुला समस्या देखापर्न सक्छ ।
२. नियमित हिँडाइः सबैभन्दा सुलभ औषधि:
लामो व्यायामका लागि समय नहुने धेरैका लागि ३० मिनेटको हिँडाइ पनि पर्याप्त फाइदाजनक मानिन्छ । हिँडाइले मुड सुधार, रक्तचाप नियन्त्रण, तौल सन्तुलन र हृदय–स्वास्थ्यमा प्रभाव पार्ने अनेक अध्ययन सार्वजनिक भएका छन् । विशेषज्ञहरू भन्छन् जसले दौडिंदैन, उसले भविष्यमा अस्पतालसम्म दौडिनुपर्छ ।
३.चिनीको लुकेका खतराः मिठासको मूल्यमा भारी:
बजारमा पाइने पेय पदार्थ, प्याकेट खानेकुरा र बेकरी वस्तुमा लुकेको चिनी अत्यधिक मात्रामा हुने भएकाले स्वास्थ्यकर्मीहरूले सचेत गराइरहेका छन् । अधिक चिनी सेवनले मधुमेह, मोटोपना, कलेजोको समस्या र मुटु रागसम्मको जोखिम बढाउने तथ्य प्रमाणित भइसकेको छ । उपभाक्ताहरूलाई यसको कमी गर्नका लागी बारम्बार विशेषज्ञहरूले आग्रह गरिरहेका छन् ।
४. पानीको कमी शरीरको सूक्ष्म सन्तुलन बिगार्ने कारक:
पानी हाम्रो शरीरको आधारभूत आवश्यकता हो। तर धेरैले दिनभरि काममा व्यस्त हुँदा पर्याप्त पानी पिउन बिर्सने गर्छन्। यसले टाउको दुखाइ, एकाग्रता कमजोर हुनु, छाला सुक्खा हुने, थकान बढ्ने जस्ता लक्षण देखापर्न सक्छन्। स्वास्थ्य विज्ञहरू दैनिक ६ देखी ८ गिलास पानीलाई न्यूनतम राख्न सुझाव दिन्छन्।
५.मानसिक स्वास्थ्य देखिँदैन तर असर गहिरो हुन्छ:
चापपूर्ण र तीव्र गतिमा चलिरहेको आधुनिक जीवनशैलीले मानसि स्वास्थ्यलाईभन्दा बढी कुनै क्षेत्र प्रभावित भइसकेको छैन । तनाव, चिन्ता, एक्लोपन जस्ता समस्या बढदैजाँदा चिकित्सकहरूले समयमै संवाद, ध्यान तथा पर्याप्त विश्रामलाई अनिवार्य मानिरहेका छन्। मानसिक स्वास्थ्य बिग्रँदा सम्पूर्ण शरीर लाई प्रभाव पार्दछ । स्वास्थ्यसम्बन्धी यी पाँच बुँदा सामान्य लागेता पनि जीवन–गुणस्तरलाई दीर्घकालीन रूपमा निर्धारण गर्ने आधार स्तम्भ हुन्। सजिलो भाषा, सुलभ बानी र सामान्य अनुशासनले नै ठूलो परिवर्तन ल्याउन सक्छ–चिकित्सकहरूले उस्तै सुझाव दोहोर्याउँछन् । अहिलेनै सानो कुरालाई ध्यान दियौँ भने भविस्यमा ठुलो सुरक्षा हुने छ ।