काठमाडौँ । बंगलादेशमा आज बिहाननै भूकम्पको धक्का महसुस गरिएको छ। स्थानीय समय अनुसार बिहान १०ः४० बजे आएको भूकम्पको तीव्रता ५.५ म्याग्निच्युड रहेको अमेरिकी भौगर्भिक सर्वे (USGS) ले जनाएको छ।
भूकम्पको कम्पन बंगलादेशका विभिन्न क्षेत्रमा स्पष्ट रूपमा महसुस गरिएको बताइएको छ। साथै, भारतीय सञ्चारमाध्यमहरूका अनुसार यसको धक्का भारतको कलकत्तासम्म अनुभव गरिएको छ। हालसम्म भौतिक तथा जनधनको क्षतिबारे कुनै आधिकारिक विवरण सार्वजनिक भएको छैन।