काठमाडौँ । देशभर तापक्रम लगातार घट्दै जाँदा चिसोजन्य रोगको जोखिम तीव्ररूपमा बढेको छ। स्वास्थ्य संस्थाहरूमा रुघाखोकी, ज्वरो, छाला सुख्खिने, दमको समस्या लिएर आउनेको संख्या बढेपछि, चिकित्सकहरूले उपाय–नअपनाए जोखिम भन्दै सचेतना बढाउन आग्रह गरेका छन्। विशेषज्ञहरूका अनुसार चिसो मौसम आफूलाई सुरक्षित राख्न ६ महत्वपूर्ण उपाय अनिवार्य मानिन्छ । प्रत्येक उपाय जीवनशैलीमै बसाल्लन सके, सामान्य रुघाखोकीदेखि निमोनियासम्मका रोग टार्न मद्दत गर्छ।
१.लेयरिङ पद्धतिमा न्यानो कपडा लगाउने :
चिसोबाट बच्ने सबैभन्दा प्राथमिक तरिका हो—सही रूपमा न्यानो कपडा प्रयोग गर्नु। विशेषज्ञहरू भन्छन् एकै थोक मोटा कपडा लगाउनुभन्दा धेरै थर कपडा लगाउँदा शरीरले तापक्रम राम्रोसँग सम्हाल्न सक्छ ।
- भित्री तहमा हल्का तर तातो कपडा
- बीचमा स्वेटर वा जर्सी
- बाहिरी तहमा हावा–पानी रोक्ने ज्याकेट
- टोपी, मोजा, दस्तो, स्कार्फ अनिवार्य
शरीरको ताप ३% सम्म टाउकाबाट निस्कने भएकाले टाउको छोपेर हिँड्नु सबैभन्दा प्रभावकारी उपाय मानिन्छ ।
२.तातो र पोषिलो भोजन सेवन :
चिसो मौसममा शरीरलाई ऊर्जा चाहिने मात्र होइन, न्यानोपन पनि आवश्यक हुन्छ। पोषणविद्हरूका अनुसार ।
- दाल, सूप, गेडागुडी, माछा–मासु, अण्डा
- बदाम, काजु, छुना, खजुर
- अदुवा, लसुन, मेथी, हल्दी जस्ता ताप दिने पदार्थ
- तातो पानी तथा झोलयुक्त खानाले शरीरलाई न्यानो राख्छ ।
विशेषज्ञको सुझावः चिसोयाममा बिहान खालीपेट चिसो खानेकुरा खानु स्वास्थ्यका लागि हानिकारक हुन्छ।
३.पर्याप्त पानी पिउने तर चिसो पानीबाट टाढा रहने :
चिसो मौसममा धेरैले पानी कम पिउने गर्छन्, । तर त्यो गलत अभ्यास हो। स्वास्थ्यकर्मीहरूका अनुसार शरीर हाइड्रेटेड नहुँदा रुघाखोकी, छाला सुख्खिने, कमजोरी बढ्ने जोखिम हुन्छ।
- तातो पानी
- जडीबुटी चिया
- लेमन–हनी
- सूप आदिले हाइड्रेशन बढाउँछ।
४.घाम ताप्ने, हल्का व्यायाम गर्ने :
चिसो मौसममा धेरैलाई घर बाहिर निस्कन अल्सी लाग्छ। तर दैनिक १५–२) मिनेट हिँडडुल उपयुक्त हुन्छ ।
- हल्का सूर्य स्नान
- योग/स्ट्रेचिङ
- घरभित्र सामान्य व्यायाम
- यिनले रगत सञ्चालन सुधार्छ, प्रतिरक्षा शक्ति बढाउँछ र शरीर चिसोको प्रभावसँग लड्न सक्षम हुन्छ।
५.घरभित्रको तापमान सन्तुलित राख्ने :
चिसोले सबैभन्दा धेरै प्रभावित स्थान भनेको घरभित्रको तापक्रम हो। विशेषज्ञहरूको सुझाव यस प्रकार छ ।
- ढोकाखिड्कीबाट हावा छिर्न नदिने
- रातमा झ्याल छोप्ने
- ग्याँस÷हीटर सुरक्षित दूरीमा राख्ने
- ओछ्यान न्यानो बनाउने
- मदिरा सेवनपछि चिसोमा बाहिर ननिस्कने
हीटर प्रयोग गर्दा कोठामा अक्सिजन सन्तुलन कायम गर्न झ्याल थोरै खुला राख्नुपर्छ, अन्यथा दम र सास फेर्न समस्या देखिन्छ।
६. संवेदनशील समूहका लागि विशेष सावधानी :
चिसो मौसम सबैका लागि बराबर जोखिमयुक्त हुँदैन। विशेष रूपमा—बालबालिका र वृद्धवृद्धाका लागी धेरै जोखिम छ ।
- दम, मधुमेह, उच्च रक्तचापका बिरामी
- गर्भवती महिला
- यी समूहका लागि चिसो अधिक घातक बन्न सक्छ।
चिकित्सकहरूका अनुसार, हल्का लक्षण देखिए पनि बेवास्ता नगरी तुरुन्त स्वास्थ्यकर्मीको सल्लाह लिनु बुद्धिमानी हुन्छ। स्वास्थ्य विशेषज्ञहरू भन्छन् चिसो मौसम आफैंमा खतरनाक होइन, बेवास्ता नै खतरनाक हो। सही सावधानी अपनाए चिसो मौसम पनि सुरक्षित र स्वस्थतरिकाले बिताउन सकिन्छ। सुरक्षित रहनुहोस्, न्यानो रहनुहोस्