काठमाडौँ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) मकवानपुरको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

शुक्रबार हेडौडामा इक्यानका अध्यक्ष शेषराज भट्टराईको प्रमुख आथित्यमा इक्यान मकवानपुरको दोस्रो वार्षिक साधारण सभा सम्पन्न हो । उक्त साधारण सभामा कोषाध्यक्षको बार्षीक प्रतिवेदन पारित हुनुका साथै अगामी बरर्षका कार्ययोजनाहरु समेत पारित भएका इक्यान मकवानपुर अध्यक्ष बेल प्रसाद खतिवडाले जानकारी दिए । सो अवसरमा बिभिन्न व्यक्तिहरुलाई समेत सम्मान गरिएको थियो ।