काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आइतबार कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
बोर्डका अनुसार कुल १ लाख ४ हजार २६ जना परीक्षार्थीमध्ये ७६ हजार ३ सय ६७ जना अर्थात् ७३.४१ प्रतिशतले ग्रेड प्राप्त गरेका छन्।
गत असोज ७ र ८ गते सञ्चालन गरिएको उक्त परीक्षामा चारजनाको परीक्षाफल रद्द गरिएको छ।
यसैगरी, नतिजामा कुनै विषयको ग्रेडमा चित्त नबुझेका विद्यार्थीले पुनर्योगका लागि आवेदन दिन सक्नेछन्।
प्रति विषय १ हजार रुपैयाँ दस्तुर बुझाई, नतिजा प्रकाशित भएको मितिले १० दिनभित्र राष्ट्रिय परीक्षा बोर्डमा अनलाइनमार्फत आवेदन दिन सकिने बोर्डले जनाएको छ।