काठमाडौं । पूर्वशिक्षामन्त्री विद्या भट्टराईले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनलाई ३० बुँदे सुझाव दिएकी छन् । भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत शुक्रबार मन्त्री पुनलाई दिएको सुझाव सार्वजनिक गरेकी छन् । सुझावमा भट्टराईले आफ्नो कार्यकालमा सुरु गरेका योजना, काम र निर्देशन समेटेकी छन् । मन्त्री पुनले फोनमार्फत भट्टराईसँग उनले सुरु गरेका योजनाबारे जानकारी माग गरेका थिए ।