काठमाडौँ । शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले कर्मचारीहरूलाई विभिन्न निर्देशन दिएका छन्
उनले नेपालभरिका सामुदायिक माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थीहरू कम्प्युटर शिक्षाबाट बञ्चित नहुन् भन्ने उद्देश्यले पठनपाठनको लागि हरेक विद्यालयमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य थप्नुपर्ने उनले बताए ।
केहि विश्वविद्यालयहरुले परीक्षा लिएर परीक्षाफल निकाल्न ८ महिनादेखि १ वर्ष सम्म लगाउँदा रहेछन् । विद्यार्थीहरूको लागि त्यो अपूरणीय क्षति हो । त्यसैले विश्वविद्यालयलाई बढीमा ३ महिना भित्र अनिवार्य रूपमा परीक्षाफल निकाल्न निर्देशन दिइएको छ । समयमा नै परीक्षाफल ननिकाल्ने विश्वविद्यालयहरुको अनुदान रोक्का गरिने उनले बताए ।
त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको हाता भित्र ठुलो क्षेत्रफलमा रहेको झाडी फाँडेर (ठुला रुखहरू नकाट्ने) सफा गरी सुन्दर बगैँचा सहित फुटपाथ बनाएर विश्वविद्यालयलाई आकर्षक बनाउन निर्देशन दिइएको छ । उनले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत तीन बुँदे निर्देशन दिएका हुन् ।