काठमाडौं । काठमाडौं महानगरपालिकाले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । जेन–जीको आन्दोलनका कारण असहज स्थिति भएपछि महानगरले मंगलबारबाट तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो । सोमबारको जेन–जीले प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा १९ जनाको मृत्यु र तीन सय भन्दा बढी युवा घाइते भएका छन् ।