काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आइतबारदेखि सञ्चालन गरेको ४ वर्षे स्नातक तह दोस्रो वर्ष(आंशिक तथा मौका) परीक्षाहरू स्थगित गरेको छ ।
विश्वविद्यालयले आज एक सूचना जारी गर्दै देशमा आकस्मिक रूपमा श्रृजना भएको असहज परिस्थितिका कारण भदौ २४, २५ र २६ गतेका दिन (बिहान ७ः०० बजेदेखि १०ः०० बजेसम्म र दिउँसो १२ः०० बजेदेखि ३ः०० बजेसम्म) सञ्चालन हुने देशभरका सबै परीक्षा केन्द्रका परीक्षाहरू हाललाई स्थगित गरिएको जानकारी दिएको हो ।
अन्य मितिका परीक्षाहरू यथावत सञ्चालन हुने जारी सूचनामा उल्लेख गरिएको छ ।
