काठमाडौँ । प्रस्तावित विद्यालय शिक्षा विधेयक सच्याउनु पर्ने मागसहित नेपाल शिक्षक महासंघले विभिन्न राजनीतिक दलको पार्टी कार्यालयमा धर्ना दिने कार्यक्रम सकेका छन् ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार बिहीबार जसपा (अशोक राई), जसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीलगायत पाँच पार्टी कार्यालयमा धर्ना दिएसँगै धर्नाको कार्यक्रम भएको हो । अध्यक्ष सुवेदीले आन्दोलनअन्तर्गत पहिलो चरणको कार्यक्रम अन्तिम चरणमा रहेको जानकारी दिए ।
अध्यक्ष सुवेदीले शिक्षा विधेयकमा महासंघका माग सम्बोधन नभए दोस्रो चरणका कार्यक्रमको सार्वजनिक गरी कडा आन्दोलन चेतावनी दिए ।उनले धर्नामार्फत राजनीतिक दलका नेताहरुलाई प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट शिक्षकको समस्याको समाधान गरिदिन ध्यानाकर्षण पत्र बुझाएको बताए ।