काठमाडौं । नेशनल एजुकेशनल कन्सलटेन्सी एसोसिएसन (नेका) ले भाद्र २४ गते "नेका एजुकेशन फेयर २०८२" आयोजना गर्ने भएको छ । नेपाली विद्यार्थीहरूलाई विश्वभरका प्रतिष्ठित विश्वविद्यालय र शैक्षिक संस्थाहरूसँग प्रत्यक्ष सम्पर्क गर्ने उदेश्यले होटल एभरेष्ट काठमाडौंमा सो एजुकेशन फिएर हुन लागेको नेकाले एक प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो ।
कार्यक्रममा अष्ट्रेलिया, संयुक्त अधिराज्य, अमेरिका, क्यानडा, जापान, दक्षिण कोरिया, न्यूजिल्यान्ड युरोपका विभिन्न देशहरू, भारत लगायतका मुलुकका शैक्षिक संस्था सहभागी हुने नेकाका अध्यक्ष सन्तोष प्याकुरेलले जानकारी दिए ।
उनका अनुसार सो फेएर कार्यक्रममा योग्य विद्यार्थीहरूका लागि सत प्रतिशत छात्रवृत्ति पाउने अवसर समेत उपलब्ध हुने जनाएको छ ।
नेका एजुकेशन फेयर २०८२ मा २९ प्रतिष्ठित संस्थाहरू सहभागी हुनेछन् ।
_1.jpg)
_2.jpg)