वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा हैजा सङ्क्रमणको जोखिम कायमै रहेपछि महानगरका सम्पूर्ण विद्यालयहरू थप तीन दिनका लागि बन्द भएका छन् ।
महानगरपालिकाको कार्यालयमा मंगलबार नगरप्रमुख स्तरीय बसेको बैठकले यस्तो निर्णय गरेको हो । महानगरको बैठकले बुधबारदेखि शुक्रबारसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
हैजा संक्रमितहरुमध्ये डिस्चार्ज हुने संख्या बढेपनि नियन्त्रणमा भने आइसकेको छैन ।