काठमाडौँ । शैक्षिक परामर्श क्षेत्रमा छुट्टै पहिचान स्थापित गरेको बिग एजुकेशन कन्सल्टेन्सीले भदौ १ गते आज ‘बिग इडीयु फेयर २०८२’आयोजना गर्ने भएको छ ।
भदौ १ गते अवसर अनेक नारा सहित आज नयाँ बानेश्वरस्थित आफ्नै कार्यालयमा ‘बिग इडीयु फेयर २०८२’ आयोजना गर्न लागेको हो। कन्सल्टेन्सीले कक्षा १२ पास गरेर विदेश अध्ययनका लागि तयारी गरिरहेका विद्यार्थीलाई लक्षित गर्दै विभिन्न आकर्षक योजनाका साथ नयाँ बानेश्वरस्थित आफ्नै कार्यालयमा इडीयु फेयर सञ्चालन गर्न लागेको र जसको लागि तयारी पनि पुरा भएको बिग एजुकेशनका फाउण्डर एवं सिइओ सुरज केसीले जानकारी दिए ।
आज बिहान १० बजेदेखि सुरु हुने उक्त ‘बिग इडीयु फेयर २०८२’ मा अष्ट्रेलिया, बेलायत, जापान, साउथ कोरिया, अमेरिका, जर्जिया र दुबैलगायत विभिन्न मुलुकका ख्याति प्राप्त शैक्षिक संस्थाहरूले भाग लिने जनाएको छ । ‘बिग इडीयु फेयरमा प्रतिष्ठित कलेज तथा विश्वविद्यालयका प्रतिनिधिबाट परामर्श दिइने छ ।
साथै बिग एजुकेशन कन्सल्टेन्सीले सोही अवसरमा सहभागी विद्यार्थीले विभिन्न तयारी कक्षामा ५० प्रतिशत सम्म छुटसहित पुरस्कार र छात्रवृत्तिसमेत प्राप्त गर्न सक्ने जनाएको छ ।