काठमाडौं । काठमाडौंमा रहेको नेपालको अग्रणी व्यवस्थापन शिक्षण संस्थान एभरेस्ट कलेजले आईएलटीएस परीक्षा सञ्चालनको अनुमति पाएको छ ।
बिगत २७ बर्षदेखि शिक्षण संस्थानमा आवद्ध एभरेस्ट कलेज अब आधिकारिक ब्रिटिश काउन्सिल आईएलटीएस परीक्षा केन्द्र बनेको हो ।
यस सुविधाले विश्वव्यापी अध्ययन र रोजगारीका अवसर खोज्ने विद्यार्थीलाई आफ्नो तयारीदेखि परीक्षा सम्मको सम्पूर्ण प्रक्रिया स्थानीयस्तरमै सहज र विश्वासिलो बनाउन मद्दत गर्ने कलेजले विश्वास लिएको छ ।
अन्तर्राष्ट्रिय आईएलटीएस अध्ययनको तयारीमा लागेकाहरूका लागि कलेजले थापाथलीस्थित आफ्नो क्याम्पसमा सम्पर्क गर्न आह्वान गरेको छ ।
