चितवन । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने नेपाली विद्यार्थीहरुलाई परामर्श प्रदान गर्दै आएका तथा भाषा कक्षा सञ्चालन गर्दै आएका ४५ वटा कन्सलटेन्सी बन्द हुने भएका छन् ।
जिल्ला प्रशासन कार्यालय चितवनले चितवनमा सञ्चालनमा रहेका ४५ शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण संस्था बन्द गर्न निर्देशन दिँदै जिल्ला प्रहरी कार्यालयलाई पत्र पठाएपछि ती संस्थाहरु बन्द हुने भएका हुन् ।
जिल्ला प्रशासन कार्यालयले संघीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा प्रदेशको सामाजिक विकास मन्त्रालयबाट प्राप्त अनुमतिपत्र माग गरेर पत्राचार गर्दा कागजात पेस नगरेको भन्दै ती ४५ संस्था बन्द गर्न निर्देशन दिइएको जनाएको छ ।
कार्यालयले १८ साउनमा सूचना जारी गरेर ३ दिनभित्र शिक्षा विकास तथा प्रविधि मन्त्रालय तथा बागमती प्रदेश सामाजिक विकास मन्त्रालयबाट प्राप्त अनुमति तथा त्यससँग सम्बन्धित कागजात पेस गर्न भनेको थियो ।

