काठमाडौँ । ‘इक्यान लिर्डस मिट’ २.० सम्पन्न भएको छ । साउन ९ गतेदेखि सुरु भई साउन ११ गते ‘इक्यान लिर्डस मिट’ २.० कार्यक्रम सम्पन्न भएको हो । सो कार्यक्रममा देशभरबाट इक्यानका लिडरहरुको टिम बाराको सिमारामा पुगेको थियो ।
ईक्यान मकवानपुरको आयोजनामा भएको तीन दिने कार्यक्रममा बैठकको मुख्य उद्देश्य रणनीतिक समन्वय र क्षमता निर्माण मार्फत इक्यान शाखाहरूलाई सशक्त बनाउनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रम विभिन्न सत्रमा सञ्चालन भएको थियो । पहिलो सत्र “२०२५ मा नेतृत्व“ भन्ने विषयमा अन्तरक्रिया कार्यक्रम भएको थियो । सो अन्तरक्रिया कार्यक्रममा पूर्व अध्यक्षीय परिषद् संयोजक राजेन्द्र बराल, पूर्व अध्यक्ष प्रकाश पाण्डे, दीपक गुरुङ, विष्णु हरि पाण्डे सो प्यानलको वक्ता रहेका थिए भने कार्यक्रमको सहजी करण इक्यानका प्रथम उपाध्यक्ष लक्ष्मण पौडेलले गरेका थिए ।

यस्तै इक्यान व्यवसाय प्रशिक्षण सत्र पनि सम्पन्न भएको थियो । मास्टर कन्ससनेस कोच, इन्द्र गुरुङसँग प्रशिक्षण सत्र सम्पन्न भएको इक्यानले जनाएको छ ।

यस्तै “समन्वय र भविष्यका रणनीतिहरूमा केन्द्रित संवाद“ शीर्षकको विशेष सत्र पनि सफलतापूर्वक सम्पन्न भएको थियो । यस्तै उनी नेतृत्व गर्छिन्, हामी सबै उठ्छौंः बिषयमा केन्द्रीय सत्र सम्पन्न भएको थियो ।

जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी उपरीक्षक किशोर लम्सालले पनि काम देखि व्यवसाय क्षेत्रसम्म महिला सुरक्षा र कानुनी संरक्षणको बारेमा प्रस्तुतीकरण गरेका थिए ।

इक्यानका पूर्व अध्यक्ष प्रकाश पाण्डेले इक्यान आचारसंहिता अन्तर्गत सबै शैक्षिक परामर्शदाताहरूले पालना गर्नुपर्ने नैतिक भूमिका, जिम्मेवारी र सीमाहरूको बारेमा महत्त्वपूर्ण अन्तर्दृष्टिहरू साझा व्यक्त गरेका थिए ।

इक्यानका केन्द्रीय महासचिव दीपकराज भुसालले जगदेखि माथि: इक्यान नेतृत्वमा मेरो यात्रा विषयमा आफ्नो प्रस्तुतीकरण राखेका थिए ।

यस्तै इक्यानका कोषाध्यक्ष आशिक कार्कीले “शैक्षिक परामर्शमा लेखा, कर, र भ्याटमा वर्तमान मुद्दाहरू” को विषयमा आफ्ना भनाइहरू राखेका थिए ।

इक्यानका पूर्व अध्यक्ष दीपक गुरुङले “शिक्षा क्षेत्रमा परिणाम–सञ्चालित नेतृत्वको विरासत” विषयमा प्रस्तुतीकरण प्रस्तुत गरेका थिए ।

प्रेरक वक्ता जगदीश शर्मा शर्माले इक्यान लिर्डसका लागि प्रेरणादायी सत्र प्रस्तुत गरेका थिए भने इक्यानका दोस्रो उपाध्यक्ष भुवन क्षेत्रीले ‘शाखा–वार चिन्तन’ विषयमा आफ्ना प्रस्तुतीकरण दिएका थिए ।


इक्यानका प्रथम उपाध्यक्ष लक्ष्मण पौडेल एन्ड्रयूले स्पष्ट दृष्टिकोण, रणनीतिक दिशा र संस्थागत रूपान्तरण मार्फत इक्यानको भविष्यलाई आकार दिने कुरामा केन्द्रित अग्रगामी सत्र प्रस्तुत गरे । उनले विश्वव्यापी शिक्षा परिदृश्यमा इक्यानलाई एक विश्वसनीय, भविष्य–तयार संस्थाको रूपमा स्थापित गर्न सबै शाखाहरूमा नवीनता, नीतिगत तयारी र बलियो सहकार्यको आवश्यकतामा जोड दिए ।

इक्यानका पूर्व अध्यक्ष विष्णु हरि पाण्डेले परम्परागत परामर्श भूमिकाबाट कर्पोरेट नेतृत्व मानसिकतामा रूपान्तरणको बारेमा आफ्नो अन्तर्दृष्टि साझा व्यक्त गरे । उनले शिक्षा परामर्श क्षेत्र भित्र कर्पोरेट संस्कृति, रणनीतिक नेतृत्व र अनुशासित व्यवस्थापन अभ्यासहरूको बढ्दो आवश्यकतामा जोड दिए।

शैक्षिक परामर्श उद्यमी महासङ्घ नेपालका अध्यक्ष राजेन्द्र बरालले “नेतृत्व निर्माण र महासङ्घको भूमिका” विषयमा आफ्नो भनाइहरू राखेका थिए ।

सोही कार्यक्रममा प्रतिनिधि सभा सदस्य मनीष झाले शिक्षा परामर्श क्षेत्र भित्र इमानदारी, जबाफदेहिता र विद्यार्थी–केन्द्रित नेतृत्वको महत्त्वलाई प्रकाश पारे । कार्यक्रमको समापनमा इक्यानका केन्द्रीय अध्यक्ष शेषराज भट्टराईले शाखा अध्यक्षहरूले प्रदर्शन गरेको उल्लेखनीय नेतृत्वको लागि गहिरो प्रशंसा व्यक्त गरे ।

केन्द्रीय इक्यान टोलीको अथक प्रयास, विगतका अध्यक्षहरू र सल्लाहकारहरूको बुद्धिमत्ता र सबै मूल्य वान सदस्यहरूको निरन्तर सहयोगको पनि प्रशंसा गरे। यस्तै सोही कार्यक्रम मार्फत २०२५ मा उत्कृष्ट शाखा र उत्कृष्ट व्यक्तिहरूलाई पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा एक सय भन्दा बढी व्यक्तिहरूको सहभागिता रहेको थियो ।