काठमाडौं । नेपाल शिक्षक महासंघले आन्दोलनमा जान बाध्य नपार्न सरकारसँग आग्रह गरेको छ । महासंघसँग भएका सम्झौता कार्यान्वयन नगरे आन्दोलनमा जाने चेतावनी दिएको छ ।
साउन २१ गतेसम्म शिक्षा विधेयक पारित नगरे आन्दोलनमा जाने महासंघले चेतावनी दिएको छ । सरकार इमानदार नरहेको महासंघको आरोप छ ।

