काठमाडौँ । थाइल्याण्डको फुकेटमा सम्पन्न दोस्रो संस्करणको ’ग्लोब समिट: ग्लोबल लिडरसिप इन हस्पिटालिटी एन्ड टुरिज्म म्यानेजमेन्ट २०२५’ मा नेपाली स्वामित्वको चर्चिल इन्स्टिच्युट अफ हायर एजुकेसन (अस्ट्रेलिया)ले दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ ।
२१ देखि २३ जुनसम्म फुकेटको ¥याडिसन रिसोर्ट एन्ड स्वीट्समा आयोजित सम्मेलनमा चर्चिल इन्स्टिच्युटका तर्फबाट प्रस्तुत दुई अनुसन्धान कागजातले क्रमशः सर्वश्रेष्ठ सम्मेलनपत्र र सर्वश्रेष्ठ प्रस्तुतिकरणको उपाधि प्राप्त गरेको हो ।
बेस्ट कन्फेरेन्स पेपर डा. सिद्धार्थ जैन, डा. सैयद महमूद अहमद, र डा. रिचर्ड रोबिन्सनले लेखेका थिए भने बेस्ट प्रिजेन्टेसनको उपाधि डा. थोमस डेनीगनले पाएका हुन् । नेपाली व्यवसायीको स्वामित्वमा सञ्चालित चर्चिल इन्स्टिच्युटले यो सफलतालाई नेपाली–अस्ट्रेलियन शैक्षिक समुदायका लागि गौरवको विषय भएको प्रतिक्रिया दिएको छ ।