काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) मा भाइरहेको अनियमितताबारे अनुसन्धान सुरु गरेको छ।
मन्त्रालयअन्तर्गतको सानोठिमिस्थिति एनओसी शाखामा घुस लिएर एनओसी दिने गरेको विभिन्न मिडियामा समाचार प्रकाशित भएको थियो ।योसँगै शिक्षा मन्त्रालयले छानबिन कार्यदल नैगठन गरेर अनुसन्धान सुरु भएको बताएको छ ।
शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाका अनुसार छानबिन गर्न कार्यदल गठन गरिएको छ ।शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरिएको छ ।