काठमाडौँ । कर्मचारीको महंगी भत्ता रु पाँच हजारले बढेको छ। बिहीबार आर्थिक वर्ष २०८२/८३ का लागि संसद्मा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौैडेलले महंगी भत्ता पाँच हजारले बढाइएको जानकारी दिए।
जुन आउने साउनदेखि लागू हुनेछ। ‘आर्थिक दबाबका कारण राष्ट्रसेवक कर्मचारिको सेवा सुविधा समयसापेक्ष बढाउन सकिएन। महंगी भत्ता भने रु पाँच हजारले बढाइएको छ’, पौडेलले भने।